समीक्षा: ‘यात्रा’ कविता संग्रह 

कवि खगेश्वर कोइरालाको कविता संग्रह ‘यात्रा’ पढ्न पाइयो । निजामती सेवामा जीवनको उर्वर समय बिताएका कोइरालाको ‘यात्रा’ कविता संग्रहमा छोटा र मीठा कविता संकलित छन् ।

भोजपुरमा जन्मिएका उनी जिल्लाको कला र साहित्यको इतिहासमा योगदान दिन सफल भएका छन् । गणेशको परीक्षा शीर्षकबाट सुरु भएर राजधानी रक्षक देवतासम्म उतारिएका कविताका भाव अत्यन्तै सरल, सहज र मिठासपूर्ण छन् । २००१ साल चैत्र २४ गते जन्मिएका उनीले लेखेका कविता त्यो बेला कान्तिपुर र गोरखापत्र राष्ट्रिय दैनिकमा पनि प्रकाशित हुन्थे ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा क्याम्पसे जीवन चन्द्रगढीमा कवि कोइरालाको गाउँ नजिकैको डेरामा बसेको सम्झन्छन् । गम्भीर विषयवस्तुलाई पनि सरल तरीकाले प्रस्तुत गर्नसक्ने उहाँको क्षमताबाट आफू प्रभावित भएको शर्मा बताउँछन् । त्यस्तै डा.जुगल भुर्तेल कवि खगेश्वर कोइराला आफूले अत्यन्तै आदर र माया गर्ने दाइ भएको भन्दै सम्मान प्रकट गर्छन् ।

युवाहरूलाई सचेत गराउने, देशमा भइरहेका परिवर्तनमाथि घोत्लिन बाध्य बनाउने मात्रै होइन सुन्दर भविष्यका लागि समेत मार्गदर्शन गर्न सक्ने पथप्रदर्शकका रूपमा आफूले लिएको धारणा राख्छन् उनी । १ सय २६ पृष्ठको कविता संग्रहमा आमाप्रति उच्च सम्मान प्रस्तुत गरिएको छ । पहिलो कृति बजारमा ल्याएर चर्चाको शिखरमा पुगेका कवि खगेश्वर कोइरालाका अन्य कृतिहरू पनि निकट भविष्यमै पढ्न पाइयोस् भन्ने शुभकामना !

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस