ग्लोबल आईएमई बैँकको ‘स्वस्थ नारी पहल’ अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैँक लिमिटेडले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” सञ्चालन गरेको छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैँकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ को साँख स्वास्थ्य चौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ को सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाउँपालिका–५ को गिरेगाडा स्वास्थ्यचौकी, डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ को धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ को त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको बैँकले जनाएको छ ।

उक्त शिविरमा ७ सय ५७ जना महिलाहरूले निःशुल्क सेवा लिएका थिए । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका÷नगरपालिकाको समन्वयमा बैंकले शिविरको आयोजना गरेको हो । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निःशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका एकजना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, उनीहरूलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैँकले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस