राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण शनिबारदेखि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौँमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ ।

स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको साङ्गठनिक अवस्था, आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले जानकारी दिए ।

आइतबारसम्म चल्ने प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिनुहुने विभागका सदस्य सचिव दिनेश कार्कीले बताए । उनका अनुसार उपाध्यक्ष ध्रुव बहादुर प्रधान, प्रा.डा. गिताभक्त जोशी, पूर्व मन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, प्रवक्ता भक्ति प्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य डा.राजेश गिरी, अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल, आइटी विज्ञ विप्लव मान सिंह, रविन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रम सकिनासाथ प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भातृ सङ्गठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्ने विभागको कार्ययोजना रहेको कार्कीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस