अमेरिकन तथा मेक्सिकन फुडको मज्जा लिन सकिन्छ

कल्पना क्षेत्री, डाईरेक्टर, माईक्स ब्रेकफास्ट लाजिम्पाट

मानिसले नियमितरुपमा प्रयोग गर्ने खानपानले मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्नुको साथै जीवनशैलीमा पनि प्रत्यक्ष प्रभाव पार्दछ । बढ्दो व्यस्त जीवनशैलीबाट एकैछिन भएपनि गुणस्तरीय समय व्यतित गर्ने गतिलो माध्यम बनेको छ, होटेल रेष्टुरेण्ट तथा लन्ज बार । अमेरिकन नागरिक माईकले आजभन्दा ३१ वर्ष अगाडि सामाजिक सेवा गर्ने उद्धेश्यले सानो किचनबाट सुरुवात भएको माईक्स ब्रेकफास्ट पनि सबैमा परिचित नाम हो ।  मध्यम वर्गीयहरुले पनि औसत मूल्यमा गुणस्तरीय भोजन गर्ने वातावरण प्राप्त होस् भनी माईक्स ब्रेकफास्टको स्थापना भएको हो । काठमाडौंको नक्साल, बालुवाटार हँुदै हाल लाजिम्पाटमा सञ्चालित माईक्स ब्रेकफास्टका लगानीकर्ता होटेल व्यवसायी तथा सामाजिक अभियन्ता कल्पना क्षेत्रीसँग गरेको कुराकानीको सम्पादित अंशः

अमेरिकी नागरिक माईकले अमेरिकामा सुरुवात गरेको माईक्स ब्रेकफास्ट नेपालमा सञ्चालन गर्ने सोच कसरी आयो ?

लामो समयको विदेश बसाईपछि आफ्नै देशमा केही गरौं भन्ने सोचाई मनमा थियो । सामाजिक सेवालाई सिंगापुर रेडक्रस मार्फत् अगाडी बढाईरहँदा नेपालमा आफ्नै साथीहरुको सल्लाह अनूरुप रेस्टुरेन्ट सञ्चालन गर्ने सोच आएको हो । फलतः दिलिप बाँनिया र सुरेन्द्र बहादर सिंह अनि म नेपालमा माईक्स ब्रेकफास्टमा आबद्ध भयौं ।

माईक्स ब्रेकफास्टमा कस्ता खानाको मज्जा लिन सकिन्छ र विशेषताहरु के के छन् ?

माईक्स ब्रेकफास्टका विशेषताहरु भन्नुपर्दा सबैभन्दा पहिला त हामीकहाँ ग्राहकहरुले अमेरिकन तथा मेक्सिकन फुडको मज्जा लिन सक्छन् । हामीले सर्भे गर्ने फुडमा गुणस्तर सँगसँगै खानेकुराको मात्रा पनि बढी भएको र समुहमा आउनेहरुको लागि छुटको पनि व्यवस्था गरिएको छ । हामीकहाँ प्रयोग गरिने किचनका सामग्रीहरु पनि विशेष किसिमले सफा गर्ने गरेका छौं । ग्राहकको सन्तुष्टि नै हाम्रो मूख्य उद्धेश्य हो र हामीकहाँ पार्किङको पनि राम्रो व्यबस्था छ ।

अन्य रेष्टुरेष्टको तुलनामा माईक्स ब्रेकफास्ट अलिक महंगो छ भन्ने सुनिन्छ नी ?

माईक्स ब्रेकफास्टमा माइक्स स्पेशल भनेर हामीले विशेष किसिमको आइटम राखेका छौं । यसमा खानेकुराका विभिन्न सामग्रीहरु जस्तै अण्डा, आलु, मसरुम, चिज, ब्रेड, मफिनको साथै ड्रिङसमा टी, कफी वा जुस पनि समावेश गरिएको हुन्छ, जसको मूल्य नेपाली रुपंैयाँ ७ सय पर्छ र यो खानाको मात्राको हिसाबले कनभिनियन्ट नै हो । विशेषतः शनिबार र आइतबार माइक्स स्पेशलको लागि हामीकहाँ आउने नियमित ग्राहकहरु नै छन् ।

माईक्स ब्रेकफास्टले ग्राहकका लागि अन्य के कस्ता सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ?

३३ आना क्षेत्रफलमा फैलिएको माईक्स ब्रेकफास्टमा मुख्यरुपमा ग्राहकहरुले यहाँ काम गर्ने स्टाफहरुको आतिथ्यता महशुस गर्छन् । १५० व्यक्ति सिट क्षमता भएको यो रेष्टुरेष्टमा व्यक्तिगत मात्रै होईन, साथीको समूह बनाएर पनि मिटिङ गर्न सकिन्छ । यहाँ एसी रुम, डाइनिङ हल, गार्डेन र रुफ टपमा पनि आनन्द लिन सकिन्छ । समग्रमा भन्नुपर्दा माइक्सले प्रदान गर्ने खानाको गुणस्तरमा कुनै सम्झौता हुँदैन ।

माईक्स ब्रेकफास्टको डाईरेक्टर हुनुहुन्छ, यस बाहेक अन्य के गर्ने सोच छ ?

म आफंै पनि सुरुदेखि नै सामाजिक सेवामा संलग्न रहेकोले आफ्नै देशमा केही उदाहरणीय काम गर्ने सोच छ । विशेषगरी महिला तथा गरीब वर्गका व्यक्तिहरुलाई तालिम केन्द्र मार्फत् सीप प्रदान गरी रोजगारमूलक वातावरण सिर्जना गर्ने उदेश्य लिएकी छु ।

तथा रोजगारमूलक क्षेत्रमा महिलाहरुको उपस्थितिलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?

महिलाहरुलाई प्रकृतिले भिन्नै किसिमको गुण र विशेषताहरुले भरिदिएको छ । राज्य हाँक्ने क्षमता भएका महिलाहरु पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने दृढ आत्मविश्वास कायम हुनुपर्छ । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा तथा सुविधाहरु चुस्त र प्रभावकारी बनाउनुको साथै महिला उद्यमीहरुको संख्या बढाउन सरकारबाट आवश्यक कदम चालिनु्पर्छ । त्यसका लागि सरकारले महिलाहरुले सञ्चालन गरेका उद्योगमा छुट दिएर उनीहरुको मनोवल बढाउने काम गर्न सक्छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस