कतारले अमेरिकी उर्जा क्षेत्रमा ५ वर्षमा २० अर्ब डलर खर्चिने

दोहा । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्दी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच वर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ।

दोहामा भएको दुई दिने लामो ‘दोहा फोरम–२०१८’ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’का कार्यकारी प्रमुख साद अल–कावीले कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताए।

‘कतारले आगामी ५ वर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ’, उनले भने, ‘यो योजनामार्फत कतारको मुख्य लक्ष्य अर्बौं डलरको गोल्डेन पास एलएनजीको अन्तिम स्टेसन टेक्सासमा लगानी गरी पूरानो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने रहेको छ।’

कतार पेट्रोलियमले एक्जेम मोविल र कोनोको फिलिप्ससँग मिलेर उक्त योजनामा ७० प्रतिशत लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत यि दुई फर्मको रहनेछ।

कतारले आगामी ५ वर्षमा आफ्नो ग्यास उत्पादन क्षमतामा वार्षिक एक करोड ६० लाख टन वृद्धि गर्ने र सन् २०२३ सम्ममा उत्पादनलाई वार्षिक एक अर्ब १० करोड टन पुर्‍याउने लक्ष्य लिएको छ।

कतारले यस महिनादेखि साउदी अरबको प्रभाव रहेको तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) बाट अलग्गिने घोषणा गरेको थियो। कावीले उक्त निर्णय कुनै राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर नगरिएको बताए। रासस/एएफपी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस