रसुवागढी विद्युतगृहको निर्माण तीब्र गतिमा

रसुवा । भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ ।

एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युतगृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताए ।

रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गापा-१ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको र समग्र रुपमा काम ७० प्रतिशत पूरा भइसकेको उक्त कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिए ।

भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङ (आउटलेट) को काम अन्तिम चरणमा पुगेको, भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्र्र्याउने तीन वटा पोखरीको निर्माण कार्य पनि धमाधम अगाडि बढिरहेको बताइएको छ ।

सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्यबमोजिम सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सि डब्लु इले अह्रोरात्र काम गरिरहेको र निर्माणमा ८०० भन्दाबढी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ ।

१३ अर्ब ६४ करोड ४० लाख अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र सामान ढुवानी गर्र्ने राजमार्गमा पहिराको अवरोध, भोटेकोशीमा आएको बाढी जस्ता कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढेको बताइएको छ । असहज काम सबै सकिएकाले कम्पनीले लिएको लक्ष्यबमोजिम सन् २०२० को फेब्रुअरीभित्रै सम्पन्न गरिने कम्पनीका प्रबन्धक निर्देशक कोइरालाले बताए ।

प्रभावित क्षेत्रका गाउँलाई उज्यालो पार्न टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरणको कामसमेत सम्पन्न गरिसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । यस्तै सुरक्षा निकायलाई सहयोग गर्ने उद्देश्यले सीमा प्रहरी चौकी एवं सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म टिमुरेलाई एक÷एक वटा क्वाटर निर्माण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस