नेपाली कामदारको संख्या बढाउँदै कोरिया

काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ।

कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो।

कोरिया इपिएस मार्फत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप चार हजार युवाको नाम कोरिया पठाएको छ। लक्ष्मी सापकाटाले लेखेको यो खबर आजको कारोबार दैनिकमा छापिएको छ।

कोरिया सरकारले आगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री