साउदीलाई ट्रम्पको चेतावनी : पत्रकारको हत्या गरेको खुले कडा कारबाही

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूतावासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएआफूलाई आक्रोशित पार्ने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तर्वार्तामा उनले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस र चीन पनि इच्छुक रहेको बताए ।

पत्रकार खसोगीको अवस्थाबारे साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन आकाकानी गरेको आरोपसमेत ट्रम्पले लगाए । तर साउदी अरबले भने पत्रकार खसोगीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलुकले खासोगीको हत्या भएको आशंकामा छानबिन गर्न साउदी अरबले स्वीकृति नदिएको बताएका छन् । साउदी राजपरिवारको आलोचक रहेका पत्रकार खासोगी टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस