नेदरल्यान्डसँग जर्मनीकाे लज्जास्पद हार

काठमाडाैं । गत संस्करणाको विश्वकपमा खराब प्रदर्शनपछि लयमा फर्कन संघर्षरत जर्मनी अर्को युरोपियन जाइन्ट नेदरल्यान्डसँग स्तब्ध भएको छ । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले पराजित भयो ।

जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि परेको थियो । भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले खेल सकिन तीन मिनेट बाँकी रहँदा थप दुई गोल गर्न सफल भएको थियो । ८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेपछि जर्मनीले फराकिलो अग्रता बनाएको थियो ।

पछिल्लो दुई खेलमध्ये जर्मनीले फ्रान्ससँग बराबरी खेल्दा पेरुमाथि २–१ को संघर्षपूर्ण जित निकालेको थियो । जितपछि नेदरल्यान्ड ग्रुप १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हारपछि जर्मनी १ अंकसहित पुछारमा छ । यो ग्रुपमा फ्रान्स ४ अंक जोडेर शीर्ष स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टी-२० र यूरो २०२४ लाई लक्षित गरी विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै डिशहोम

काठमाडौँ । २०८१ साल वैशाख २५ गतेबाट सुरु हुने रेडियो अन-व्हील्स रोड-शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले …

प्रतिकृया दिनुहॊस