विद्युत् आएपछि गाँउले खुशी

इनरुवा । सुनसरी हरिनगर गाउँपालिका-५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास गर्नु भएको थिएन ।

उहाँलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उहाँको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, जगदीशप्रसाद कुसियैतलगायतका नेता त्यही क्षेत्रबाट विजयी भए पनि स्थानीय आवश्यक पर्ने दैनिक आवश्यक्ताबाट पनि यहाँका बासिन्दा वञ्चित हुँदै आएका थिए ।

अब त्यो क्षेत्रका स्थानीय त्यो समस्याबाट मुक्त हुन थालेको स्थानीय दौलतकुमार मण्डलको भनाइ छ । उनहरुको समस्याभन्दा कम थिएन स्थानीय खुशीलाल मण्डलको । उहाँले पनि आफूले कहिल्यै न देखेको विद्युत् बाल्न पाउँदा खुशी लागेको बताए ।

यो त त्यो क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन् । उनहरु जस्तै १५० घर परिवारको अवस्था उस्तै थियो तर गाउँमा लामो प्रयास र सङ्घर्षपछि विद्युत् आएपछि उनीहरु त्यो समस्याबाट मुक्त भएका छन् ।  हरिनगर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको पहलमा सो क्षेत्रमा विद्युत् सेवा शुरु भएको हो । विद्युत् आएपछि आफूहरुलाई सिँचाइ गर्न, खेतीपाती गर्न, काल कारखाना सञ्चालन गर्न सहज हुने स्थानीयको भनाइ छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विद्युत् आएकाले आफूलाई पनि खुशी लागेको बताउदै आफ्नो लक्ष्य नै अँध्यारोमा रहेको जनतालाई उज्यालो प्रदान गर्ने भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस