नरेन्द्र मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसीरको दोस्रो साता पुन नेपाल भ्रमणमा आउने भएका छन् । पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ ।

भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका हुन् । १२-१३ मंसीरमा मोदीले नेपाल भ्रमण गर्ने तयारी गरेको दुतावास स्रोतलाई उद्धृत गर्दै सो समाचार एजेन्सीले जनाएको छ । मोदीको यो राजकीय भ्रमण हुने दुतावास स्रोतले जनाएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री भएसँगै पहिलोपटक नेपाल आएका उनले पशुपति नाथको दर्शन गरेका थिए । सोही क्रममा उनी लुम्विनी जाने बताइए पनि सुरक्षाका कारण भ्रमण हुन सकेन् । उनी सन् २०१४ मै सार्क शिखर सम्मेलनका क्रममा नेपाल दोस्रोपटक आए ।

यसैवर्ष मोदी वैशाखमा तेस्रो पटक नेपाल भ्रमण गरे । सो भ्रमणका क्रममा उनले जनकपुर जानकी मन्दीर, मुक्तिनाथसँगै पशुपतिनाथको दर्शन गरे । तर त्यसवेला समेत उनी सुरक्षाकै कारण लुम्विनी जान सकेनन् । चौथोपटक मोदी भदौमा नेपाल आए ।

बिम्स्टेक सम्मेलनका क्रममा उनी नेपाल आए । सो क्रममा नेपाल आएका म्यानमार, भुटान र श्रीलंकका भीभीआईपी लुम्विनी गए पनि सुरक्षा थ्रेटकै कारण उनको लुम्विनी भ्रमण सेड्युलमा परेन्। उनी पशुपतिनाथको दर्शनका लागि भने गए । त्यहाँ भारतीय सहयोगमा निर्मित धर्मशाला उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका थिए ।

उनको यसपटकको मुख्य एजेण्डा नै लुम्बिनी भ्रमण हुने स्रोतले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस