Tag Archives: केपी शर्मा ओली

नेकपा एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। निर्वाचित भएका ओलीले १८०८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले २१३ मत मात्र पाए। जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भीम रावललाई फराकिलो मतान्तरले पछि पार्दै ओली पुनः निर्वाचित भएका हुन्। यद्यपि निर्वाचन आयोगले भने परिणाम घोषणा गर्न बाँकी छ। मंसिर १० देखि सौराहामा जारी महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। उक्त …

पुरा पढ्नुहॊस »

अहिले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउनु पर्छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन्। परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे। न्याय नपाए गोरखा र काशी होइन, हाम्रै अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, “अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ …

पुरा पढ्नुहॊस »

मुलुकलाई समृद्ध बनाउन एमाले कटिबद्ध छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन्। एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे। उनले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा …

पुरा पढ्नुहॊस »

अहिलेकाे सरकार आलोचना गर्न पनि लायक छैनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्। सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावीसमेत गरे। अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट …

पुरा पढ्नुहॊस »

सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छः ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताएका छन्। दसैँ, दीपावली, छठ र नेपाल सम्बतकाे अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ। अरु के के भएको छ, त्यो चाहिँ देखिन बाँकी छ।” प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेको एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत …

पुरा पढ्नुहॊस »

प्रतिपक्षमै रहे पनि समृद्ध नेपाल निर्माणका लागि एमाले सक्रिय छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताएका छन्। एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताए। “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन्। एमाले जस्ताको तस्तै छ। …

पुरा पढ्नुहॊस »

देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई ओलीकाे चेतावनी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइनबाट मान्छे खसाल्दा, नेपाली आकाशमा हेलिकोप्टर उडाउँदा चुइँक्क बोल्न नसक्नेहरूले देशका लागि बोल्ने युवाको मुख थुन्ने, गिरफ्तार गर्ने काम नगर्न चेतावनी दिएका हुन्। ‘तुइनबाट मान्छे खसालिन्छ। बेपत्ता हुन्छ। तपाईंहरू बोल्नुहुन्न। अमेरिकाले अफगानिस्तान पहिल्यै छाडेको थियो। हेरेर बस्नुभयो । उद्धार गर्नुभएन’, ओलीले भने, ‘यो टालाटुली बटुली, …

पुरा पढ्नुहॊस »