Tag Archives: केपी ओली

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गरे। उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए।

पुरा पढ्नुहॊस »

केपी ओलीले लगाए सरकारलाई खर्बौं रुपैंयाँकाे सेटिङ गरेकाे आरोप

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैंयाँ तलमाथि पर्ने गरि सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्। शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको खेल गरेको आरोप लगाएका हुन्। सरकारले सेटिङमा अर्बौं रुपैंयाँ तलमाथि पर्ने गरि करको दर हेरफेर गरेको उनले बताए। आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा …

पुरा पढ्नुहॊस »

माधव नेपालले देश र जनताप्रति गद्दारी गरे, अब वडासदस्य पनि जित्दैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन्। गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए। ‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए। १६ वर्षसम्म महासचिव भए। प्रधानमन्त्री भए। पार्टी कहाँ पुर्‍याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजीनामा दिए। खुरुक्क बस्या भए हुँदैनथ्यो। फेरि प्रधानमन्त्री भए । …

पुरा पढ्नुहॊस »

माधव नेपाल जस्तो लाज-सरम पचेको मान्छे मैंले कहीँ पनि देखेको थिएनः केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तो लाज-सरम पचेको मान्छे आफूले कहीँ पनि नदेखेको टिप्पणी गरेका छन्। माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उनले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याऊ गरेर पुगेको व्यंग्यसमेत उनले गरे। अध्यक्ष ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन्। अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी …

पुरा पढ्नुहॊस »

हाम्राे पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको बताएका छन्। उनले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको  जानकारी दिए। बिहीबार अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए। सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ …

पुरा पढ्नुहॊस »