Tag Archives: एमसीसी

संसदबाट एमसीसी सम्झौता अनुमोदन

प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अर्काे बैठक फागुन १८ गते बस्नेछ ।

पुरा पढ्नुहॊस »

एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित, आजै अनुमोदन गर्ने तयारी

सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ। एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो। अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए। त्यस लगत्तै विभिन्‍न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए । छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ। फागुन ८ …

पुरा पढ्नुहॊस »

एमसीसीमाथि सैद्धान्तिक छलफलः पक्ष र विपक्षमा सांसदको मत विभाजन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसिसी सहयोग नेपालको विकासका लागि आएकाले एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन्। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले लोसपा एमसीसी सम्झौता अनुमोदनका पक्षमा रहेको बताए। गरिबी निवारण, जीवनस्तर सुधार र पूर्वाधार निर्माणका लागि नेपाल सरकारको आग्रहमा नै नेपाल र अमेरिकाबीच एमसिसी सम्झौता भएको उल्लेख गर्दै उहाँले अमेरिकी …

पुरा पढ्नुहॊस »

संसदमा एमसीसी टेबल, फागुन १२ गते बस्ने गरि आजको बैठक सकियाे

प्रतिनिधिसभाकाे आजको बैठक सकिएकाे छ। अर्काे बैठक फागुन १२ गते बस्ने भएकाे हाे । सरकारले एमसीसी सम्झौता संसदमा टेबल गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । एमसीसी टेबल भइरहँदा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले विरोधमा नाराबाजी गरेका थिए । नेकपा एमालेले भने विगतको मागलाई निरन्तरता दिँदै आइतबारको बैठक सुरु भएपछि नै नाराबाजी सुरु …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यव्यवस्था समितिको निर्णय

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले समिति बैठकमा लिखित असहमति राखेका छन् । यसअघि आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले …

पुरा पढ्नुहॊस »

एमसीसीकाे विराेधमा सत्तारुढ दलकै कार्यकर्ता सडकमा

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ। पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ। सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ। शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

पुरा पढ्नुहॊस »

एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन्।

पुरा पढ्नुहॊस »

एमालेकाे आरोप, ‘एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजियो’

नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)लाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन सत्तारुढ दल उद्दत रहेको आरोप लगाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिना पुगेको अवसरमा एमाले अध्यक्ष केपी ओलीले जारी गरेको १५ बुँदे विज्ञप्तिमा यस्ताे आरोप लगाएको हाे। एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा दर्ता भए पनि टेबुल गरिएको छैन। पास गर्ने नगर्ने विषयमा दलहरूबीच मतभेद देखिँदै आएको छ। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर …

पुरा पढ्नुहॊस »

भक्तपुरमा एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ। नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो। एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ। संघीय संसद घेराउ गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो।

पुरा पढ्नुहॊस »

एमसीसी राष्ट्रघाती छैन: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन्। माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौता नगर्ने बताए। ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन। प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ। मैले राष्ट्रघाती सम्झौता गरौला र ?’, देउवाले भने, ‘म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ।’ यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल …

पुरा पढ्नुहॊस »