संसदमा एमसीसी टेबल, फागुन १२ गते बस्ने गरि आजको बैठक सकियाे

प्रतिनिधिसभाकाे आजको बैठक सकिएकाे छ। अर्काे बैठक फागुन १२ गते बस्ने भएकाे हाे ।

सरकारले एमसीसी सम्झौता संसदमा टेबल गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।

एमसीसी टेबल भइरहँदा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले विरोधमा नाराबाजी गरेका थिए ।

नेकपा एमालेले भने विगतको मागलाई निरन्तरता दिँदै आइतबारको बैठक सुरु भएपछि नै नाराबाजी सुरु गरेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री