एमसीसी राष्ट्रघाती छैन: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन्।

माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौता नगर्ने बताए।

‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन। प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ। मैले राष्ट्रघाती सम्झौता गरौला र ?’, देउवाले भने, ‘म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ।’

यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामनासमेत दिएका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

चितवन दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो, २० घाइतेको उपचार हुँदै (नामावली)

काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनाका अर्का घाइते उपचारका क्रममा मृत्यु भएको छ । नारायणगढ …

प्रतिकृया दिनुहॊस