खेल

एसिया कपको उपाधिका लागि जापान र कतार भिड्ने

काठमाडाैं । एसिया कप फुटबलको उपाधिका लागि कतार र जापानबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युएईलाई ४-० गोलअन्तरले पराजित गर्दै कतारले फाइनलमा जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो । कतारको जितमा बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले गोल गरेका थिए । मोहमद बिन जायद स्टेडियममा कतारसामु घरेली टोली यूएई स्तब्ध बन्यो । युएईले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खोउखीले २२ औँ मिनेटमा नै …

पुरा पढ्नुहॊस »

नेपाल एक दिवसीय क्रिकेटको वरियतामा प्रवेश

काठमाडौँ । एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो। नेपाल आईसीसी वरियताको पुछारमा छ। वरियता क्रममा नेपालको रेटिङ १५ छ भने अंक १५२ छ । एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ। वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका …

पुरा पढ्नुहॊस »

नेपाललाई युएईले २५५ रनको लक्ष्य दियो

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ । टस हारेर मैदानमा पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ५४ रन जोडेको हो । नेपालका लागि करण केसीले दुई विकेट लिए  भने सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।

पुरा पढ्नुहॊस »

मेस्सीको २६ औँ गोल, बार्सिलोनाको सहज जित

काठमाडौँ । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई  २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे । नवौं मिनेटमा नै नेल्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले …

पुरा पढ्नुहॊस »

युभेन्ट्सको जितमा रोनाल्डोको पेनाल्टी गोल

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई २-१ गोल अन्तरले हराएको हो । लाजियोको मैदानमा आत्मघाती गोलबाट पछाडी परेको युभेन्ट्सले पुनरागमन जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा इम्री कानको आत्मघाती गोलबाट लाजियोले सुरुवाती अग्रता बनाएको थियो ।तर, त्यसपछि युभेन्ट्स खेलमा फर्कियो । खेलको ७४ औं मिनेटमा जोआओ कानसेलोले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा …

पुरा पढ्नुहॊस »

चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौथो चरणको खेलमा सेफिल्ड वेनस्डेलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सी पाँचौ चरणमा पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन विलियनले दुई गोल गरे । यस्तै कालुम हुड्सन ओडोईले एक गोल थपे । सेफिल्डविरुद्ध सहज जित निकाल्न चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको २६ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई …

पुरा पढ्नुहॊस »

स्पेनिस लिगमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा एथ्लेटिको मड्रिड, सेभिया र भ्यालेन्सिया विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले गएराति गेटाफेलाई २–० ले हरायो । एथ्लेटिकोलाई विजयी गराउन एन्टोनियो ग्रिजमन र साउल निग्वेजले एक–एक गोल गरे । खेलको अन्त्यतिर गेटाफेका डाकोमन र बाकेराले रातो कार्ड खाएपछि टोली ९ जनामा सेमटिएको थियो । ला लिगाकै अर्को खेलमा सेभियाले लेभान्तेलाई ५–० ले हराउँदा भ्यालेन्सियाले भियारियालमाथि ३–० को जित निकाल्यो । ला–लिगा …

पुरा पढ्नुहॊस »

बर्नलेको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल

काठमाडाैँ । बर्नलेको पोस्टमा पाँच गोल वर्षाउँदै म्यानचेस्टर सिटी इंग्लिस एफए कपको पाँचौं चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा दोस्रो हाफमा चार गोल गरेपछि सिटीले ५–० को जित निकाल्यो । पहिलो हाफको मध्यमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । मातेज भिद्राले एउटा राम्रो मौका गुमाएपछि जेससको सोही गोलको अग्रता सिटीले पहिलो हाफ भरी जोगाउन सक्यो । ५२औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे …

पुरा पढ्नुहॊस »

आर्सनललाई हराउँदै म्यानचेस्टर युनाईटेड पाँचौ चरणमा

एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको चौथो चरणमा आर्सनललाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेड पाँचौ चरणमा पुगेको हो । आर्सनलको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । आर्सनलका पेरिक एम्रिक आबुमियाङले एक गोल फर्काए । इमिरेट्स स्टेडियममा खेलको ३१ औं मिनेटमा सान्चेजले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । खेलको ३३ औं …

पुरा पढ्नुहॊस »

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोटेनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, पहिलो लेगमा चेल्सीले टोटेनहमसँग १–० को हार व्यहोरेको कारण खेल समग्रमा २–२ गोलको बराबरी भएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा भने …

पुरा पढ्नुहॊस »