रोनाल्डोको युभेन्ट्स उपाधि यात्रामा, नापोली पराजित

एजेन्सी । ईटालियन सिरि एमा शीर्ष स्थानको युभेन्ट्सले जित निकालेको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले दोस्रो स्थानको नापोलीलाई २–१ गोल अन्तरले हराएको हो ।

युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गर्न सफल भएको थियो ।

मिरलेम पेजानिकले २८ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । एम्री कानले ३९ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । जोसे कलेजोनले ६१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।

दुवै टिम १० खेलाडीमा सिमित भएर टोलीका अन्त्य गरेका थिए । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई फल गरेपछि किपर एलेक्स मेरिटले २५ औ मिनेटमो रातो कार्ड खादै मैदान बाहिरिनु परेको थियो ।

युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका पेनाजिक समेत ४७ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।

युभेन्ट्स २६ खेलबाट ७२ अंक जोड्न सफल भएको छ । दोस्रो स्थानको नापोलीको ५६ अंक छ । युभेन्ट्सले तालिकामा १६ अंकको अग्रता लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री