खेल

भ्यालेन्सिया र रियल बेटिसको खेल बराबरी

काठमाडौं । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियालाई रियल बेटिसले बराबरीमा रोकेको छ । आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा रियल बेटिसले भ्यालेन्सियालाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो । रियल बेटिसले लिएको दोब्बर अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाउनु परेको हो । खेलको ४५औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको रियल बेटिसले दोस्रो हाफमा …

पुरा पढ्नुहॊस »

एभर्टनलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटी

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई दुई–शून्यले हराएको छ । जितसँगै सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । गुडिसन पार्कमा भएको खेलमा सिटीको जितमा एमिरीक लार्पोटी र गाब्रियल जिससले एक–एक गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सिटीका लागि लार्पोटीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको साताैँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई दुई–शून्यले अगाडि राखे । त्यसपछि सिटीविरुद्ध एभर्टन खेलमा फर्कन …

पुरा पढ्नुहॊस »

रोकियो लिभरपुल, उपाधि होडमा म्यानचेस्टर सिटी र टोटनह्यामलाई फाइदा

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा सबैभन्दा अघि रहेको लिभरपुल लिग अन्तर्गत सोमबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा सुरुवाति अग्रता लिएर पनि लिभरपुलले त्यसलाई जोगाउन सकेन । २२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो । तर त्यसको ६ मिनेटपछि एन्टोनिओले वेष्ट ह्यामका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा …

पुरा पढ्नुहॊस »

डेब्यु खेलमा मैदान छिरेको १८ सेकेण्डमै गोल

काठमाडाैँ । कुनै नयाँ क्लबमा अनुबन्धित भएर त्यसबाट पहिलो खेल खेल्न मैदान छिरेको २० सेकेण्ड भित्रै गोल गर्नु जस्तो उत्कृष्ट अनुभव सायदै अरु कुनै होला एक खेलाडीका लागि । नयाँ क्लबमा शुभचिन्तक र फ्यानहरुको मन जित्नका लागि त्यसले ठूलो महत्व राख्छ । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर तथा यो जनवरी विण्डोमा जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट टर्किस क्लब बेसिक्टास लोनमा गएका शिन्जी कागवाले यस्तै गरेका छन् । शिन्जीले सोमबार बेसिक्टासबाट पहिलो खेल …

पुरा पढ्नुहॊस »

नेइमार बिनाको पिएसजीको अप्रत्यासित हार, २१ औँ खेलमा तोडियो अपराजित यात्रा

काठमाडाैँ । लिगको २१ औँ खेलमा आएर लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्टार खेलाडी नेइमार बिनाको पिएसजीले लिगमा सिजनको पहिलो हाफ बेहोरेको होे । लगातार २० खेलमा जित वा बराबरी गरेको पिएसजी आइतबार राति अवे मैदानमा भएको खेलमा लियोनसँग २–१ ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनाको पिएसजीले सुरुवाति अग्रता लिए …

पुरा पढ्नुहॊस »

चेल्सीको शानदार जित, हेगुइन र हजार्डको गोलमा आर्सनललाई पछि पार्‍यो

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले हडर्ल्सफिल्ड टाउनमाथि शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा चेल्सीले हडर्ल्सफिल्ड टाउनमाथि ५–० को जित निकालेको हो । चेल्सीको जितमा जनवरीमा युभेन्टसबाट लोनमा आएका गोन्जालो हेगुइन र इडन हजार्डले दुई–दुई तथा डेविड लुइजले एक गोल गरे । हेगुइनले १६ औँ तथा हजार्डले पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा …

पुरा पढ्नुहॊस »

रोनाल्डोले दुई गोल गरे, तर युभेन्टसले जित्न सकेन

काठमाडाैँ । क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेर पनि आफ्नो टिम युभेन्टसलाई जिताउन सकेनन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर युभेन्टस पार्मासँग ३–३ को बराबरीमा रोकिएको हो । खेलको ७४ औँ मिनेटसम्म ३–१ ले पछि परेको अवस्थाबाट माथि उठेर पार्माले घरेलु टोली युभेन्सटलाई बराबरीमा रोकेको हो । युभेन्टसका लागि ३६ औँ मिनेटमा रोनाल्डोले गोल गरे र पहिलो हाफमा १–० को अग्रता दिलाए । ६२ औँ …

पुरा पढ्नुहॊस »

चेल्सीका बासुआइ लोनमा क्रिष्टल आए

एजेन्सी । चेल्सीका फरवार्ड मिसी बासुआइलाई क्रिष्टल प्यालेसले लोनमा भित्र्याएको छ । क्रिष्टलले सिजनको अन्तिम सम्मको लागि फरवार्ड बासुआइलाई अनुबन्ध गरेको हो । हाल लोनमा स्पेनिस क्लब भ्यालेन्सियामा रहेका बेल्जियमका फरवार्ड बासुआइ संगको अनुबन्ध रकम भने खुलाईएको छैन । बासुआइले भ्यालेन्सियाबाट १५ खेलमा १ गोल गरेका थिए । सन् २०१६ मा चेल्सी आएका बासुआइ गत सिजन लोनमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका थिए । डर्टमण्डबाट बासुआइ यसै सिजन भ्यालेन्सिया पुगेका थिए ।

पुरा पढ्नुहॊस »

बेन्जिमाको दुई गोलमा रियल सेमिफाइनलमा

एजेन्सी । रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको  दोस्रो लेगमा जिरोनालाई ३-१ गोल अन्तरले हराउँदै समग्रमा ७-३ को जितसहित रियल अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन करीम बेन्जिमाले दुई गोल गरे । यस्तै मार्कुस लोरेन्टले एक गोल थपे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए । पहिलो लेगमा रियलले जिरोनालाई ४-२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा रियललाई सहज जित …

पुरा पढ्नुहॊस »

बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो । गएराती आफ्नै मैदानमा भको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे । प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूललाई लेष्टर सिटीले एक एक गोलको बराबरीमा रोकेको छ । खेलमा लिभरपूलका सादियो मानेले पहिलो गोल गरेपनि लेष्टरका ह्यारी म्याग्वेरेले बराबरी गोल फर्काएका हुन् । गएराती भएको अर्को खेलमा …

पुरा पढ्नुहॊस »