एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीलाई ३–१ गोल अन्तरले पराजित गर्दै युनाईटेड समग्रमा ३–३ को नतिजा सहित अवे गोलका आधारमा अन्तिम ८ मा प्रवेश गरेको हो ।
युनाईटेडकाे जितमा रामेलु लुकाकुले २ तथा रासफाेर्डले १ गाेल गरे । पहिलो लेगको खेलमा पीएसजीले २–० को अग्रता लिएको थियो ।
पीएसजीको घरेलु मैदानमा युनाईटेडले दोस्रो मिनेटमै लुकाकुको गोलबाट अग्रता लिएको थियो । केलियन एम्बाप्पेको पासलमा अनमार्क रहेका जुवान वर्नाटले १२ औ मिनेटमा पीएसजीका लागि बराबरी गोल फर्काए ।
लुकाकुले ३० औ मिनेटमा पुन पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ईन्जुरी समयमा मार्कोस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अप्रत्यासित जित दिलाउन सफल रहे ।
घरेलु मैदानमा २-० ले पराजित युनाईटेडले युराेपेली क्लब फुटबलकाे इतिहासमा उत्कृष्ट कमब्याक गर्न सफल भएकाे छ ।
प्रतिकृया दिनुहॊस