आईसीसी वरियतामा पारस भारतका रोहित शर्मा भन्दा अघि

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।

आईसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले बनाएका छन्  ।

आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टी वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औं स्थानमा उक्लिएका छन्  । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो । उनले दुई स्थान सुधार गरेका हुन् गरेका हुन् । अघिल्लो महिना पारस ४० औं स्थानमा रहेका थिए ।

अलराउण्डरमा कप्तान पारस भारतका रोहित शर्मा भन्दा अघि रहेका छन् । रोहित ४० औं स्थानमा रहेका छन् ।

यस्तै कप्तान पारस ब्याटिङतर्फ दुई स्थान सुधार गर्दै ९२ औं स्थानमा उक्लिएका छन् ।  अघिल्लो महिना पारस ९० औं स्थानमा थिए ।

यस्तै अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५० औं स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१ औं स्थानमा रहेका थिए ।

त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । समान ४०९ अंक पाएका दुवै खेलाडी यथावत रहन सफल भए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री