हिगुईन र जोर्गीन्होकाे गाेलमा चेल्सीको जित

एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई पराजित गरेको छ  ।  आइतबार भएको खेलमा चेल्सीले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो  ।

फुलहमको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन गोन्जालो हिगुईन र जोर्गीन्होले एक एक गोल गरे । फुलहमका कलम च्याम्बर्सले एक गोल फर्काए ।

खेलको २० औं मिनेटमा हिगुईनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २८ औं मिनेटमा च्याम्बर्सले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ३१ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसंगै चेल्सीले २८ खेलबाट ५६ अंक जोडेको छ । चेल्सी छैटौं स्थानमा छ । १७ अंक जोडेको फुलहम पुछारबाट दोस्रो स्थानमा छ ।

अर्को खेलमा वाट्फोर्डले लेष्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्यो । वाट्फोर्डका ट्रोय डेनी र आन्द्रे ग्रेले एक एक गोल गरे । लेष्टरका जेमी भार्डीले एक गोल फर्काए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री