खेल

रोनाल्डोको गोलमा युभेन्ट्सलाई १४ अंकको अग्रता

एजेन्सी । ईटालियन सिरि ए फुटलबमा युभेन्ट्सले १४ अंकको अग्रता लिन सफल भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा फराकिलो अग्रता बनाउन सफल भएको हो । क्रिस्टियानो रोनाल्डोको कर्नर पासलाई सदुपयोग गर्दै पाउलो ड्याबालाले छैटौ मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । रोनाल्डोले ६३ औ मिनेटमा गोल …

पुरा पढ्नुहॊस »

युरोपा लिग : आर्सनल पराजित, चेल्सीको कठिन जित

काठमाडाैँ । युरोपियन फुटबल प्रतियोगिता युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल पराजित हुँदा चेल्सीले दुई एकको जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा आर्सनल बाटे फुटबल क्लबसँग एक शून्यले पराजित भयो । बाटेको घरेलु मैदानमा भएको खेलमा स्तानिस्लोभ ड्रागुनको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिममा ड्रागुनले गोल गर्दै बाटेलाई अग्रता दिलाएका थिए । त्यसपछि आर्सनलले तीन वटा उत्कृष्ट मौका पाएपनि गोल गर्न सकेन …

पुरा पढ्नुहॊस »

रियल मड्रिडको जित

काठमाडाैँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल म्याड्रिडले जर्मन क्लब आयाक्सलाई २–१ ले हराएको छ । निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा आयाक्सले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा म्याच रेफ्रीले मान्यता दिएनन् । यता रियरलले पहिलो हाफमा गोल गर्न सकेन । जसका कारण दुबै टिमले पहिलो हाफ गोलरहित बराबरी खेले । दोस्रो हाफमा भने रियलले घरेलु टिममाथि दबाव बनायो । ६० औं मिनेटमा भिनिसियस जुनियरको …

पुरा पढ्नुहॊस »

सोल्सायरको अपराजित यात्रा घरेलु मैदानमा समाप्त

काठमाडाैं । म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गनर सोल्सायरको अपराजित यात्रालाई मंगलबार राति ओल्ड ट्राफोर्डमा पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एमबाप्पे र प्रेसनेल किमपेम्बेले टुंग्याइदिएका छन् । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा भ्रमणकारी पीएसजीले युनाइटेडलाई २-० ले पराजित गरेको हो । सात मिनेटको अन्तरमा दुई गोल खाएपछि सोल्सायरको अपराजित यात्रा १२औं खेलमा टुंगिएको हो । किमपेम्बेले ५३औं मिनेटमा गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । एन्जेल डी मरियाले दायाँ …

पुरा पढ्नुहॊस »

वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् । घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटनले न्यूयासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरे । तर खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै पराजय टारेका थिए । बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट …

पुरा पढ्नुहॊस »

पारस खड्का वरीयताक्रममा ४०औँ स्थानमा

काठमाडाैँ ।  नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । टी-२० अन्तर्राष्ट्रिय टोली र खेलाडीहरूको नयाँ वरीयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सोमवार प्रकाशित गरेको हो। वरीयतामा नेपालका सोमपाल कामी र वसन्त रेग्मी बलरहरूमध्ये संयुक्त रूपमा ७०औँ स्थानमा छन्।

पुरा पढ्नुहॊस »

रोनाल्डोको खेल जीवनमा पहिलोपटक भयो यस्तो

कठमाडाैँ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले सासुओलोलार्य ३–० ले हराएको हो । युभेन्टसको जितमा सामी खेदिरा, क्रिष्टियानो रोनाल्डो र एम्री क्यानले गोल गरे । २३ औँ मिनेटमा खेदिराले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । रोनाल्डोले ७० औँ मिनेटमा गोल गरे । रोनाल्डोले युभेन्टसबाट २० गोल …

पुरा पढ्नुहॊस »

म्यानचेस्टर युनाइटेडको उत्कृष्ट यात्रा कायम, पुग्यो शीर्ष चारमा

काठमाडाैँ । लगातार उत्कृष्ट प्रदर्शनको क्रम म्यानचेस्टर युनाइटेडले जारी राखेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले रेलिगेशनबाट जोगिने सम्भावनाको खोजीमा रहेको फुलह्याममाथि सहज जित निकालेको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा पउल पोग्बाले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गोल गरे । १४ औँ मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता …

पुरा पढ्नुहॊस »

मड्रिड डर्बीमा रियल मड्रिडको शान, बेलले पूरा गरे गोलको शतक

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अर्को मड्रिड क्लब एथ्लेटिको मड्रिडलाई ३–१ ले हराएको हो । १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडलाई हराउने क्रममा रियलका लागि कासेमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे । एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए । १६ औँ मिनेटमा कासेमिरोको गोलबाट रियल मड्रिडले सुरुवाति …

पुरा पढ्नुहॊस »

ब्राजिलको ठूलो फुटबल क्लबको छात्रबासमा आगलागी, १० खेलाडीको मृत्यु

ब्राजिल । ब्राजिलको एक ठूलो फुटबल क्लबको युवा ट्रेनिङ्ग सेन्टरको छात्रबासमा आगलागी हुँदा १० किशोर खेलाडीको ज्यान गएको छ । फ्लेमेङ्गो फुटबल क्लबको ट्रेनिङ्ग सेन्टर निन्हो दि उरुबुमा रहेको छात्रबासमा आगलागी भएको हो । रियो दि जेनेरियोमा रहेको क्लबको प्रशिक्षणमा भएको आगलागीमा तीन किशोर खेलाडी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ र उनलाई विशेष उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण थाहा भएको छैन र घटनाबारे अनुसन्धान …

पुरा पढ्नुहॊस »