रियल मड्रिडकाे प्रशिक्षक भएलगत्तै जिदानकाे नजर म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङमा

काठमाडाैँ । रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रो पटक बेर्नाबेउ पुगेका जिनेदिन जिदानको खेलाडी अनुबन्धको सूचीमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ पनि रहेका छन ।

यो समर विन्डोमा तीन सय मिलियन पाउण्ड खर्च गर्ने तयारीमा रहेको रियलले रहिमलाई अनुबन्ध गर्न सक्ने बताइएको छ ।

च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक दिलाएर क्लबबाट बाहिरिएका जिदान फेरि क्लबको प्रशिक्षकका रुपमा अनुबन्ध भएका छन् । उनी अनुबन्ध भएपछि रियलले धेरै स्टार खेलाडीलाई क्लबमा भित्र्याउन सक्ने अनुमान गरिएको छ ।

यस्तैमा सिटीका रहिम पनि जिदानको सूचीमा रहेका छन् । द मिररले जनाएअनुसार रहिमको प्रदर्शनलाई रियलले ट्रयाक गरिरहेको बताएको छ । यसका साथै नेइमार, इडेन हाजार्ड र क्रिस्टियन एरिक्सनमाथि पनि रियलले आँखा लगाएको छ । रहिमले यो सिजन क्लबका लागि २७ खेलमा १५ गोल र नौ एसिस्ट गरेका छन् ।

सिटीसँग उनको सम्झौता २०२३ सम्म रहेको छ । लिभरपुलका पूर्व खेलाडी रहिमले नयाँ सम्झौताअनुसार सिटीबाट साताको तीन लाख पाउण्ड पाउँदै आएका छन ।

२४ वर्षीय रहिम जिदानले रियलमा भित्र्याउन चाहेकाे खेलाडीको सूचीमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds