जेरुडको ह्याट्रिक, चेल्सी अन्तिम आठमा

एजेन्सी । इन्ग्लिश क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युक्रेनी क्लब डाइनामो किभलाई ५-० गोल अन्तरले हराउँदै समग्रमा ८-० को जितसहित चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो ।

किभको मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन ओलिभर जेरुडले ह्याट्रिक गरे । यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरे ।

Giroud wheels away in celebration after netting the hat-trick goal for his ninth in nine appearances in this year's competition

घरेलु टोलीविरुद्ध एकतर्फ जित निकाल्ने क्रममा जेरुडले पाँचौ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।  खेलको ३३ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।  खेलको ४५ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-० को अग्रता बनायो ।

दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्यो । खेलको ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । योसंगै जेरुडले यस सिजन चेल्सीका लागि ९ खेलमा ९ गोल गर्न सफल भएको ।

यस्तै खेलको ७८ औं मिनेटमा हुडसनले गोल गर्दा चेल्सीले ५-० गोलको फराकिलो जित निकाल्यो  ।

Chelsea midfielder N'Golo Kante seeks to win the loose ball with Serhiy Sydorchuk and Vitaliy Mykolenko on the floor

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री