आबुमियाङ नायक बन्दा आर्सनल क्वाटरफाइनलमा

एजेन्सी । इन्ग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब रेनेसलाई ३-० ले हराउँदै समग्रमा ४-३ को जितसहित अन्तिम आठको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा आर्सनललाइ जित दिलाउन पेरिक एम्रिक आबुमियाङ नायक बन्दै दुई गोल गरे । यस्तै मिटल्याण्ड निल्सले एक गोल गरे ।

The pacy striker channelled his inner superhero as Arsenal overturned a two-goal deficit from the first leg against Rennes

खेलको पाँचौ मिनेटमा आबुमियाङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको १५ औं मिनेटमा निल्सले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७२ औं मिनेटमा आबुमियाङ व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।

यसअघि पहिलो लेगमा आर्सनल ३-१ ले पराजित भएको थियो । तर, दोस्रो लेगमा आर्सनलले पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो ।

To celebrate his goal, the 29-year-old produced the iconic Wakanda Forever celebration from the film Black Panther

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री