खेल

विश्वकप छनोटमा सानदार सुरुवात गरेको नेपाल आज मलेसियाको सामना गर्दै

काठमाडौँ । जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दैछ । यो खेल टियु क्रिकेट मैदानमा अपराह्न १: १५ बजेदेखि सुरु हुनेछ ।

पुरा पढ्नुहॊस »

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, सन्दीपको कमब्याक

काठमाडौँ । काठमाडौँमा सोमबारदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा स्पीनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । सन्दीप हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा खेलेका थिएनन् ।

पुरा पढ्नुहॊस »

गणेशमान सिंह राष्ट्रिय टेनिस अर्को महिना

काठमाडौँ । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ । सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ …

पुरा पढ्नुहॊस »

त्रिकोणात्मक शृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो । हङकङले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

पुरा पढ्नुहॊस »

त्रिदेशीय सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले त्रिदेशीय टी २० आई सिरिजमा यूएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले जितका लागि पाएको १ सय ४१ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे ।

पुरा पढ्नुहॊस »

ब्राजिलमाथि २२ वर्षपछि उरुग्वेको जित

काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट खेलमा ब्राजिल पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा उरुग्वेले ब्राजिललाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा डर्विन नुनेज र निकोलस डे ला क्रुजले एक एक गोल गरेका थिए । यस खेलको पहिलो हाफमा नै ब्राजिलका नेइमार घाइते भएपछि मैदान छोडेका थिए । नेइमारको देब्रे घुँडामा चोट लागेको र उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो । उरुग्वेले २२ वर्षपछि …

पुरा पढ्नुहॊस »

लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढेको हो ।

पुरा पढ्नुहॊस »

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौं । नेपालले एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको …

पुरा पढ्नुहॊस »

सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम

नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।

पुरा पढ्नुहॊस »

यू-१९ प्रिमियर कप : कप्तान चम्कँदा नेपालको सहज जित

काठमाडौं । कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले यू–१९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो । इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे …

पुरा पढ्नुहॊस »