खेल

त्रिकोणात्मक शृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो । हङकङले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

पुरा पढ्नुहॊस »

त्रिदेशीय सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले त्रिदेशीय टी २० आई सिरिजमा यूएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले जितका लागि पाएको १ सय ४१ रनको लक्ष्य १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे ।

पुरा पढ्नुहॊस »

ब्राजिलमाथि २२ वर्षपछि उरुग्वेको जित

काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट खेलमा ब्राजिल पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा उरुग्वेले ब्राजिललाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा डर्विन नुनेज र निकोलस डे ला क्रुजले एक एक गोल गरेका थिए । यस खेलको पहिलो हाफमा नै ब्राजिलका नेइमार घाइते भएपछि मैदान छोडेका थिए । नेइमारको देब्रे घुँडामा चोट लागेको र उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो । उरुग्वेले २२ वर्षपछि …

पुरा पढ्नुहॊस »

लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढेको हो ।

पुरा पढ्नुहॊस »

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौं । नेपालले एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको …

पुरा पढ्नुहॊस »

सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम

नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।

पुरा पढ्नुहॊस »

यू-१९ प्रिमियर कप : कप्तान चम्कँदा नेपालको सहज जित

काठमाडौं । कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको सहयोगमा नेपालले यू–१९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो । इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे …

पुरा पढ्नुहॊस »

यू१९ प्रिमियर कप : नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

काठमाडौँ । नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । एसीसी यू- १९ प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा अल आउट हुँदै ३५३ रन बनाएको हो । नेपालका लागि कप्तान देव खनालले शतकीय पारी खेलेका थिए ।

पुरा पढ्नुहॊस »

विश्वकप छनौट : लाओसको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एसियन जोनको पहिलो चरणमा लाओसको सामना गर्दैछ । पहिलो चरणको पहिलो लिगमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः३० बजे  लाओससँग खेल्ने भएका हो । लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टिम गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल । …

पुरा पढ्नुहॊस »

इजरायलबाट स्वदेश आइपुगिन् सावित्रा भण्डारी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी साम्बा द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन् । मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै बुधबार राति काठमाडौं आइपुगेकी हुन् । उनी वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छन् । युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरेको छ । प्यालेस्टिनी लडाकु समूह …

पुरा पढ्नुहॊस »