साहित्य

साहित्यकार तथा पत्रकारहरूद्वारा पनाैतीमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन

साहित्यिक पत्रकार संघ र ॐ आदि फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार काभ्रेको पनौतीस्थित कुशादेवीमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चालिसभन्दा बढी साहित्यकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै ॐ आदि फाउन्डेसनका संयोजक क्याप्टेन रामेश्वर थापाले बालगुरु आदित्यबाट युग परिवर्तनका लागि मानव जगतलाई चेतना फैलाउने काम भएको बताए । गुरु आदित्यबाट विना हिंसा युग परिवर्तन सम्भव रहेको र आध्यात्मिक चेतको संचार सबैमा हुनु …

पुरा पढ्नुहॊस »

मीरा गोतामेको उपन्यास ‘निती’ माथि परिचर्चा

साहित्यकार मीरा गोतामेको उपन्यास ‘निती’माथि समीक्षा गरिएको छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो। साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति निती नारी विषयवस्तु माथि लेखिएको छ। कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको र पहिलो प्रयासमै साहित्यकार गोतामेले महत्वपूर्ण काम गरेको बताए । मानिसको जीवनमा साना घटनाक्रमले पनि …

पुरा पढ्नुहॊस »

नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो महाधिवेशन सम्पन्न, बनेपा घोषणा पत्र जारी

काभ्रे । नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय महाधिवेशनले बनेपा घोषणा पत्र जारी गर्दै आफ्नो महाधिवेशन सम्पन्न गरेको छ। सो महाधिवेशनले साहित्यिक, पत्रकार तथा जनमतका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निवाचित गरेको छ। काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा …

पुरा पढ्नुहॊस »

कवि वासुदेव पाण्डेयको ‘दुलही’ बजारमा

कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ। छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो। उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कारः सिद्धान्त र प्रयोग’ लगायत कृति प्रकाशन भइसकेका छन्। सोमबार राजधानीस्थित वाल्मिकी क्याम्पसमा एक अनौपचारिक जमघटमाझ उक्त कृति सार्वजनिक गरियो। वरिष्ठ कवि एवं साहित्यकार भुवनहरि सिग्देल, उपन्यासकार तर्कना शर्मा, स्वयं कृतिकार वासुदेव पाण्डेय, कवि राजेन्द्र तारकिणी तथा प्रकाशक दीपक …

पुरा पढ्नुहॊस »

साहित्यकार लाकोजूको ‘पनौती’ सार्वजनिक

काभ्रे। काभ्रे जिल्लाको पनौतीमा जन्मेर नेपाली भाषा र साहित्यको लामो समयदेखि सेवा गर्दै नेपालको भूगोल र त्योभन्दा परसम्म आफ्नो ख्याति फैलाइसकेका साहित्यकार हुन् सूर्यप्रसाद लाकोजू। विगत पाँच सात महिना यता उनको स्वर्णिम धुन नामक मुक्तक संग्रह, आसामको स्पर्श नियात्रा सङ्ग्रह, घाम फुल्ने याम कविता संग्रह, बालबालिकालाई लक्षित गरी दुई पुस्तक मकरको कथा र स्टोरी अफ मकर प्रकाशनमा आएको छ। हालै पनौतीलाई चिनाउने पुस्तक पनौतीको परिमार्जित र पुनर्लिखित संस्करण पनि प्रकाशनमा …

पुरा पढ्नुहॊस »

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११३औँ जन्मजयन्ती, कस्ताे छ उनकाे साहित्यिक याेगदान?

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए। …

पुरा पढ्नुहॊस »

सयपत्री राष्ट्रिय सम्मानबाट गंगा सुवेदी र लाकोजू दम्पती सम्मानित

बनेपा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले शनिबार साहित्यकार सूर्यप्रसाद लाकोजू र उनकी श्रीमती सविताकुमारी लाकोजू श्रेष्ठ तथा साहित्यकार गंगा सुवेदी र उनका श्रीमान् दिनेश सुवेदीलाई नगद, सम्मान पत्र, दोसल्ला, फलफूलसहित सयपत्री राष्ट्रिय सम्मान २०७८ ले सम्मानित गरेको छ। उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जगतप्रसाद उपाध्यायले सम्मानित गर्दै सयपत्री प्रतिष्ठानले उपयुक्त पात्रहरू छनौट गरेर सम्मान गरेको बताए। उनले स्रष्टाहरुको …

पुरा पढ्नुहॊस »

आख्यानकार मालिका केशरीको ‘दुङाल’माथि अन्तरसंवाद

आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयवस्तुमाथि छलफल गरेका थिए। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले लेखकले उपन्यासभित्रका पात्रहरुलाई न्याय गरेको बताइन्। उनले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाइन्। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको …

पुरा पढ्नुहॊस »

साहित्यकार पदम विश्वकर्माको चौथो कृति ‘क्वारेन्टाइन’ बजारमा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजनिक भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषदका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गरेका हुन्। अनेसास नेपाल च्याप्टरको आयोजनामा …

पुरा पढ्नुहॊस »

साहित्यकार गीता खत्रीको नियात्रा सार्वजनिक

साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ। शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो। लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड परिषदकी सभापति पनि हुन्। कार्यक्रममा लेखिका खत्रीले पुस्तकको रचना गर्भका कुराहरू सुनाइन् भने पुस्तकको बारेमा साहित्यकार युवराज नयाँघरेले समीक्षा गरे। यसैगरी कार्यक्रममा अनेसासका सल्लाहकार तथा निवर्तमान अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र …

पुरा पढ्नुहॊस »