बीमा

एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ । नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो । अब मंगलबार समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । सोमबार संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ । लाभांश र सभा प्रयोजनका …

पुरा पढ्नुहॊस »

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सर्वाधिक प्रिमियम संकलन गर्ने अभिकर्ता सम्मानित

काठमाडाैँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने ‘एनुअल रिकोनाइसन प्रोग्राम’ सम्पन्न गरेको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए। चितवनको सौराहामा असोज १ र २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। यसरी …

पुरा पढ्नुहॊस »

नेपाल लाइफले बढायो लाभांशदर मात्रै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांशदर बढाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुनेसमेत कम्पनीले जनाएको छ । कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पुरा पढ्नुहॊस »

रिलायन्स लाइफ र जानकी गाउँपालिकाबीच बाल बीमासम्बन्धी सम्झौता

काठमाडौँ । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा २०७९ साउन १ गतेभन्दा पछि जन्मिएका छोरीका लागि वार्षीक ५ हजार बीमा शुल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाका लागि सम्झौता भएको हो । बीमासम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका …

पुरा पढ्नुहॊस »

लघुबिमा कम्पनीको लाइसेन्स खुल्यो, ७ कम्पनीले पाउने

काठमाडौँ । बीमा समितिले लघुबिमा कम्पनीको लाइसेन्स खुला गरेको छ । समितिले पहिलो चरणमा ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । प्रत्येक प्रदेशमा एक एक गरी ओटा लघुबीमा कम्पनी स्थापना हुने गरी समितिले लाइसेन्स दिएको हो । समितिले बुधबार सूचना जारी गरी ३ ओटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीलाई लाइन्सेन्स दिने निर्णय गरेको जनाउँदै आवेदन आह्वान गरेको हो । लघुबीमाको लाइन्सेन्स लिन चाहने …

पुरा पढ्नुहॊस »

लुम्बिनी इन्स्याेरेन्सकाे दुर्घटना बीमालेख

काठमाडाै । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् । याे सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेकाे कमेपनीले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय बिमा कम्पनीको सिईओमा शेखर बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो। खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ बरालले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालेको अनुभव छ। यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए। उनलाई अर्थ मन्त्रालयले फिर्ता बोलाएसँगै …

पुरा पढ्नुहॊस »

लुम्बिनी जनरल इन्स्योरेन्सले दियो पूर्वका विभिन्न जिल्लामा वित्तिय तालिम

काठमाडाैँ । लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा तालिम सम्पन्न गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम र बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको हो । कम्पनीले भदौ ९ गतेदेखि ११ गतेसम्म संखुवासभाको खाँदबारीमा ३० जना सहभागीहरुलाई ३ दिने कृषि, पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान गरेको थियो । भदौ …

पुरा पढ्नुहॊस »

अजोड इन्सुरेन्स र इ-बीमाबीच सम्झौता

काठमाडाैं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्सुरेन्स लिमिटेडवीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्सुरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई जनाउँछ भन्ने कुरामा जोड दिए। अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर …

पुरा पढ्नुहॊस »

नेशनल लाइफ इन्स्योरेन्सको सीप अभिवृद्धि कार्यशाला सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने कर्मचारी सीप अभिवृद्धि कार्यशाला पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्न ‘Excel & Elevate २०७९/८०’ भन्ने नाराका साथ भएकाे उक्त सम्मेलनमा विभागीय प्रमुखसहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता थियो । कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको …

पुरा पढ्नुहॊस »