मेटलाइफ नेपालद्वारा अभिकर्ता टोलीलाई सम्मान

काठमाडौं । मेटलाइफ नेपालले गत उत्कृष्ट कार्य गरेवापत कार्यरत अभिकर्ता टोलीलाई सम्मान गरेको छ ।

कम्पनीका सिनियर भाइस प्रेसिडेन्टर बंगलादेश, मलेसिया नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाको प्रमुख आतिथ्यतामा काठमाडौमा आयोजित कार्यक्रममा देशभरका विभिन्न स्थानबाट सहभागी भएका अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

कम्पनीमा कार्यरत विभिन्न स्थानका अभिकर्ताहरु आफ्ना परम्परागत राष्ट्रिय पोसाकमा कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सिनियर भाइस प्रेसिडेन्टर मिस एलेना बुटारोवा र कम्पनीका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठ र वरिष्ठ व्यवस्थापन टोलीले सन् २०२३ मा शीर्ष–कार्यकारी गर्ने एजेन्सी मेनेजरहरु, युनिट मेनेजरहरु र फिल्ड प्रतिनिधिहरुको कडा परिश्रम र समर्पणलाई सम्मान गरेका थिए।

ती बीमा अभिकर्ताहरु वर्षभरि उत्कृष्ट बिक्री कार्यसम्पादन, उल्लेखनीय सेवा र व्यावसायिकताप्रति प्रतिबद्धताका लागि सम्मानित भएको कम्पनीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको …

प्रतिकृया दिनुहॊस