बीमा

गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो। कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन्। सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखारउपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो। pसम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ(आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम

सन नेपाल लाइफले कैलाली, जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तर्गत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कायक्रमहरुको …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एशिया वेस्ट इम्प्लोयर अवार्डबाट सम्मानित

७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Employee Branding Institute, World HRD Congress and other Strategic Partners हरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफ्नो क्षेत्रबाट सहयोग …

पुरा पढ्नुहॊस »

गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए राजिनामा

काठमाडौं।गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । उनले  दिएको राजिनामा कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले यही कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको कम्पनीले   जनाएको छ ।

पुरा पढ्नुहॊस »

युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम बागलुङ र बेनीमा सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ। यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भएको छ। बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका छन्। प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेका थिए। सावित्रा खत्रीबाट सञ्चालित …

पुरा पढ्नुहॊस »

युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम बेलौरी र टिकापुरमा सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटाभन्दा बढी जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ। सोही अभियानअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको बेलौरी र कैलालीको टिकापुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा असोज १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीको सहभागिता थियो। क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगाप्रसाद …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

काठमाडाैं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै …

पुरा पढ्नुहॊस »

युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउबाट सञ्चालित कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारेमा प्रकाश पारेका थिए। कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हीरा …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सद्वारा विभिन्न तालिम

काठमाडौं ।अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ। कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिमहरु पनि सम्पन्न गरेको छ। सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोका बारेमा प्रशिक्षण प्रदान गरेका थिए। …

पुरा पढ्नुहॊस »