आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । कम्पनीले अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।

उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा उत्कृष्ट भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरुको माध्यमबाट ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस