सन नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवाबीच बीमा सेवा सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता बमोजिम  बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतामा  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर  गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप