कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले  हस्ताक्षर गरे ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

साथै बैंकले एबिबिएस, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको …

प्रतिकृया दिनुहॊस