स्वास्थ्य

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ ‘भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण– पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढवा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांश देशहरूमा कोभिड– १९ संक्रमितहरुको संख्या तुलनात्मक रूपमा कम हुँदै गएपनि विश्वका …

पुरा पढ्नुहॊस »

कुन कुन देशमा फैलियो कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन ?

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ, भारत र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ । अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  बेलायतमा दुई जनामा …

पुरा पढ्नुहॊस »

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती

काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेष गरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ । वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए । उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताए । …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिका हुँदै नेपाल आउनेलाई एक हप्ता क्वारेन्टिन अनिवार्य

काठमाडाैँ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिअन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरिअन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरिअन्ट देखापर्दा नेपालमा पनि उत्तिकै …

पुरा पढ्नुहॊस »

विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका

एजेन्सी । विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले सो जानाकारी दिएको हो । आइक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा एक एक ओटा प्रदूषित सहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् । आइक्यूका अनुसार …

पुरा पढ्नुहॊस »

अब देशैभर १८ वर्ष माथिका सबैलाई कोभिड खोप दिइने

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । खोप लगाउन छुटेका सबै नागरिकलाई लगाउने तयारी भएको हो । देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो ।

पुरा पढ्नुहॊस »

भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ र बाँकेका हुन् । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मंसिर २५ गते अस्पताल भर्ना भएकी दाङको गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । त्यस्तै, मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

रामदेव पुगे प्रचण्ड निवास खुमलटार, सीताको स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न काठमाडौँ आइपुगेका बाबा रामदेव अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनी सहकर्मी आचार्य बालकृष्णका साथमा बेलुका प्रचण्ड निवास पुगेका थिए । रामदेवसहितको टोलीले खुमलटारमा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीतासहित प्रचण्डका परिवारसँग भेट गरेको हो । रामदेव र आचार्य बालकृष्णले बिरामी रहेकी प्रचण्डपत्नी सीतालाई स्वास्थ्यलाभको कामना गरे । रामदेव र बालकृष्ण आचार्य …

पुरा पढ्नुहॊस »

‘हैजा खोप’को पहिलो प्राथमिकतामा बालबालिका

काठमाडाैँ । हैजा प्रभावित कपिलवस्तुका पाँच स्थानीय तहका लागि आएको ‘ओरल कोलेरा भ्याक्सिन’ बालबालिकालाई खुवाएर सुरु गरिने भएको छ । मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट सुरु हुने खोप अभियान पहिलो दिन सबै बालबालिकालाई खुवाएर सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । अन्य चार पालिकामा मंसिर ७ गतेदेखि खोप खुवाइने भएको छ । चेतनाको अभाव भएको क्षेत्र हुँदा बालबालिकालाई खुवाएर समुदायमा उत्प्रेरणा जगाउने उद्देश्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको …

पुरा पढ्नुहॊस »

ललितपुर महानगरमा आज र भोलि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडाैँ । ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई आजबाट दोस्रो मात्र खोप लगाउने भएको छ । महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ–आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए । खोप लगाउन जाँदा अनिवार्य …

पुरा पढ्नुहॊस »