नर्भिक अस्पतालमा कार्डियोलोजीको फ्रि ओपिडी हुने

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ ।

गत शनिबार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो । सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो ।

शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ ।

नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ । यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after