सांकेतिक तस्बिर

गर्भमा छोरा छ कि छोरी भनेर पहिचान गर्नेलाई १ वर्षसम्म कैद सजाय हुने

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्ने छन् । सवाल-जवाफबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after