ॐ हस्पिटलमा वैद्य अर्गनाइजेसनका कर्मचारीलाई विशेष छुट

काठमाडौँ । काठमाडौं चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्बाराहीस्थित वैद्य अर्गनाइजेसनबीच विशेष छुटसहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा वैद्य अर्गनाइजेसनका निर्देशक वेदबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार वैद्य अर्गनाइजेसनसाग सम्बन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरुले हस्पिटलमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालीन आवश्यक सेवा विशेष छुटमा पाउने छन् । सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परीक्षण तथा प्रि हेल्थ चेकअप लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस