धापासीमा खुल्यो अमृतम गमय आदि ईएनटी केयर क्लिनिक

काठमाडौँ । काठमाडौँको धापासीमा ‘अमृतम गमय आदि ईएनटी केयर क्लिनिक’ सञ्चालनमा आएको छ । नाक, कान, घाँटी रोगको उपचारमा आधुनिक प्रविधिको उपकरणसहित उत्कृष्ट उपचारको केन्द्रका रूपमा क्लिनिक सञ्चालन गरिएको हो ।

क्लिनिक ध्यान तथा अध्यात्मका विधिको माध्यामबाटसमेत एकीकृत उपचार गरिने क्लिनिकका संस्थापक वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्राडा दीपक रेग्मीले जानकारी दिए । उनकाअनुसार क्लिनिकमा उपचारमा थप सहयोग पुर्‍याउन तथा दैनिक जीवनलाई अझ राम्रो बनाउन ध्यान तथा अध्यात्मका विधि पनि समावेश गरिएको हो ।

आधुनिक एलोप्याथिक औषधीको माध्यमबाट गरिने लक्षण र रोगको उपचारबाट मात्र मानिसलाई समस्याबाट पूर्ण बाहिर ल्याउन नसकिने भएकाले ध्यान तथा अध्यात्मीक ज्ञानको माध्यमबाट एकीकृत उपचारको विधि अपनाइएको उनको भनाई छ । क्लिनिकमा आधुनिक उपकरणको प्रयोगले रोगको पहिचान तथा आवश्यक विशेषज्ञ परामर्श साथै सर्जरी समेत गरिन्छ ।

अमृतम गमय आदि ईएनटी केयरले बिरामीको शारीरिक, मानसिक र भावनात्मक लक्षणहरूको उपचारमा विशेष परामर्श दिने डा. आरती रेग्मीले बताइन् । माइन्डफुलनेसमा आधारित तनाव व्यवस्थापनसहित विभिन्न थेरापीहरूको प्रयोग गरिने क्लिनिककी संस्थापक समेत रहेकी डा. आरतीको भनाई छ । उनकाअनुसार परामर्शको लक्ष्य बिरामीहरूको समग्र जीवनको गुणस्तर सुधार गर्नु हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस