स्वास्थ्य

जाडो मौसममा कपालको हेरचाह कसरी गर्ने ?

काठमाडौं । जाडो यामको सुरुवात भइसकेको छ । विशेषगरि जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउने गर्दछ । जसमध्येको एक हो कपालको समस्या । कपाल मानव शरीरको महत्वपूर्ण अंग हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ । जाडो याममा विशेष गरेर कपाल टुक्रिएर र कमजोर भई झर्न थाल्छ । त्यसका लागि कपालको स्वास्थ्यको ख्याल कसरी राख्ने ठूलो प्रश्न हो । जाडोमा …

पुरा पढ्नुहॊस »

बिहान खाली पेटमा पिउनुहोस् तातो पानी, मिल्नेछन् यस्ता फाइदा

काठमाडौं । तातो होस् वा चिसो जुन तापक्रमको पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। कुनैपनि स्वास्थ्य समस्यामा भएमा डाक्टरहरुले पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन्। पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई …

पुरा पढ्नुहॊस »

चितवनमा डेंगु संक्रमित दुई हजार नाघे

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडाैं । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कार्यालयको तथ्याङ्कानुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन् । जसमा आठ सय २२ …

पुरा पढ्नुहॊस »

अध्ययन भन्छ- विश्वको ५२ प्रतिशत जनसङ्ख्या टाउको दुखाइबाट पीडित

काठमाडौँ । टाउको दुख्ने सामान्य समस्या हो । सबैले आफ्नो जीवनमा कम्तिमा एक पटक यससँग संघर्ष गर्छन् । तर, विश्वमा यस्ता धेरै मानिसहरु छन्, जसलाई नियमित रुपमा टाउको दुख्ने गर्छ । भर्खरै नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूले यस्ता बिरामीहरूको डाटाको बारेमा ठूलो खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरू भन्छन्, विश्वको जनसंख्याको ५२ प्रतिशत प्रत्येक वर्ष कुनै न कुनै प्रकारको टाउको दुखाइबाट ग्रस्त हुन्छ । यसमा माइग्रेन, सामान्य टाउको दुखाइ, …

पुरा पढ्नुहॊस »

डेंगुबाट कसरी बच्ने ?

हिजोआज डेंगु रोगको प्रकोप बढिरहेको छ । देशका प्रायजसो सबै जिल्लाहरुमा यसको प्रकोप देखिईसकेकोे छ । यो एडिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने समस्या देखापर्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्ने गर्छ । यसमा बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ । समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ । डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको …

पुरा पढ्नुहॊस »

डेङ्गी भएको मान्छेतिर किन लामखुट्टे आकर्षित हुन्छ ?

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडौँ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गीको सङ्क्रमण भेटिएसँगै ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म देशभरका २८ हजार १ सय ९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९ सय ७५ जनामा डेङ्गी देखिएको छ । त्यस्तै प्रदेश एकमा ८ सय २९, मधेस प्रदेशमा ४ सय १३, गण्डकीमा ६ सय ७७, …

पुरा पढ्नुहॊस »

नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ ?

काठमाडौँ । नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताएका छन् । उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा …

पुरा पढ्नुहॊस »

७६ जिल्लामा पुग्यो डेंगु : बिरामीको संख्या २५ हजार पुग्यो, ३२ जनाको मृत्यु

काठमाडौं । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २५ हजार जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म देशभर ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् । मन्त्रालयका अनुसार …

पुरा पढ्नुहॊस »

७६ जिल्लामा पुगेको डेंगुबाट २५ हजार संक्रमित

काठमाडौं । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गते यता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् …

पुरा पढ्नुहॊस »

डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन ?

काठमाडौँ । डेङ्गी संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेङ्गीबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् । यीमध्ये २९ को मृत्यु भएको छ । भयावह रूप लिइरहेको डेङ्गी नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ । कात्तिक अन्तिम सातादेखि डेङ्गी नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार सरुवारोग विशेषज्ञसहितको टोलीले डेङ्गीको फैलावट र अवस्थाबारे अध्ययन गरेको …

पुरा पढ्नुहॊस »