हार्दिक आइभिएफमा फेरि नि:शुल्क आइयुआई क्याम्प सुरू

काठमाडौं । हार्दिक आइभिएफ तथा फर्टिलिटी सेन्टर सिनामंगल काठमाडौंले फेरि एक पटक एक महिनाको निःशुल्क आइयुआई क्याम्प सुरू गरेको छ।

यसअघि अप्रिल महिनामा सञ्चालन गरिएको क्याम्पबाट ८ जोडीले सफल गर्भधारण गरेपछि सेवाग्राहीहरूको जोडदार अनुरोधमा यो क्याम्प पुनः ल्याइएको हो।

हार्दिक आइभिएफका अनुसार यो केन्द्र केबल आर्थिक रूपमा सक्षम व्यक्तिका लागि नभएर जो–कोही आमाबुबा बन्न चाहने दम्पतीहरूका लागि खुला रहेको छ।

‘हाम्रो उद्देश्य भनेको हरेक आमाबुबा बन्न चाहनेलाई आशा दिनु हो। आइभिएफ सेवा अब केaल धनीका लागि मात्र होइन,’ हार्दिक आइभिएफ व्यवस्थापनको भनाइ छ।

यस क्याम्पका विशेषता:
• ३ जना वरिष्ठ प्रजनन विशेषज्ञ
• अनुभवी एम्ब्रायोलोजिस्टहरूको टिम
• सहयोगी चिकित्सक र परामर्शदाता समूह
• पूरै आइयुआई प्रक्रिया निःशुल्क–मूल्यमा करिब १५ हजारसम्मको बचत

यस क्याम्पमा सीमित संख्यामा मात्र सेवाग्राही लिन सकिने भएकाले, इच्छुक दम्पतीहरूलाई अग्रिम बुकिङ गर्न हार्दिक अनुरोध गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री