काठमाडौं । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेख्दै बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठ सुरक्षित फेला परेका छन् ।
प्रहरीले उनलाई काठमाडौंको बालाजुमा सकुशल फेला पारेको हो । उनलाई बालाजुस्थित एक होटेलमा फेला पारेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । उनको उद्धार गरेर काठमाडौँ प्रहरी परिसर ल्याइएको छ ।
रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका थिए ।
तपाईंको प्रतिकृया




