मनॊरञ्जन

शाश्वत आलेमगरकाे ‘जीवनको अर्थ’ बजारमा (भिडियोसहित)

शाश्वत आलेमगरले पहिलो गीत सार्वजनिक गरेका छन्। ‘जीवनको अर्थ’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ। यस गीतलाई शाश्वत आलेमगर र उज्वल राउतले लेखेका हुन्। गीतमा राजु शाहको संगित र शाश्वतकै स्वर रहेको छ। भिडियोमा गायक स्वयंका साथै संजिता पाण्डे र बाल कलाकार सारा आलेमगरको अभिनय छ। छोटो समयमै गीतले चर्चा पाएको छ। यसलाई म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो  

पुरा पढ्नुहॊस »

एप्रिला लामाले जितिन् मिस मंगोल नेपालको उपाधि

मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गरेकी छन् । त्यसैगरी ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए। प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेकी छन् । रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन …

पुरा पढ्नुहॊस »

‘मिसेस नेपाल वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धामा २४ महिला सहभागी

विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो र सफल प्रतियोगिता मिसेस नेपाल वर्ल्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ महिलाबीच भिडन्त हुने भएको छ। आगामी पौष १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने वाईवाई मिसेस नेपाल वर्ल्ड नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ। करिब १ महिने प्रशिक्षणपश्चात सम्पन्न हुने प्रतियोगितामा रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, बिनिता कूइँकेल, …

पुरा पढ्नुहॊस »

१३ जिल्लाका २२ प्रतियोगी मिस मंगोल-२०२१ काे अन्तिम प्रतिस्पर्धामा

एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०२१ मा देशभरका १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका छन्। कोभिडको संक्रमण कम भएसँगै नयाँ मिस मंगोल नेपालको खोजी सुरु भएको हो। अन्तिम प्रतिस्पर्धामा छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेका छन्। मिस मंगोलको यस संस्करणमा पासाङ डोल्मा शेर्पा (सिन्धुपाल्चोक), चन्द्र सारुमगर (रौतहट), पासाङ ल्हमु शेर्पा (काठमाडौं), विभिषिका श्रेष्ठ (ललितपुर), गीता लिम्बु (मोरङ), प्रमिला तामाङ (काभ्रे), रेजिना राई (मोरङ), वर्षा रञ्जित (काठमाडौं), …

पुरा पढ्नुहॊस »

२५ गते ‘घरजम’प्रर्दशन हुँदै

काठमाडौँ । लकडाउनको कारणले नेपाली चलचित्र क्षेत्र पुर्णरुपमा बन्द रहेको थियो । नेपाल सरकारले चलचित्रहरु संचालनका लागि अनुमति दिएता पनि दर्शकहरु हलसम्म जान मानिरहेका छैनन् तर नेपाली मौलिक कथानक चलचित्र “घरजम” ताप्लेजुङको सिटीहलमा यही मंसिर २५ गते शनिबार प्रर्दशन हुने भएको छ । रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता …

पुरा पढ्नुहॊस »

प्रमोद खरेलको स्वरमा ‘अदृश्यभित्रको लजावती’ (भिडियोसहित)

लामो समयदेखि विभिन्न हास्यटेलिफिल्म, टेलिफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन्। उनै विनोदका शब्द रचनामा अदृश्यभित्रको लजावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत रहेको छ। प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवका अवसरमा फोटो प्रदर्शनी

काठमाडौँमा आयोजना हुन गइरहेको १९ औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पूर्वसन्ध्यामा काठमाडाैंमा जलवायु परिवर्तन सम्बन्धि तस्विर तथा चित्रकला प्रदर्शनी गरिएको छ। नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको उक्त प्रर्दशनीको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले शुभारम्भ गरे। प्रदर्शनीको शुभारम्भ गर्दै कार्यकारी प्रमुख रेग्मीले किम्फ २०२१ को सन्दर्भमा आयोजना गरिएको प्रदर्शनीले जलवायु परिवर्तनले पारेको असरका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै यो अवसरमा आयोजना हुने फिल्म महोत्सवले पर्यटन प्रर्वद्धनमा …

पुरा पढ्नुहॊस »

नकुल थापा र विष्णु थापाकाे ‘ढल्की जाला त्यो लाली जोवान’ बजारमा (भिडियाेसहित)

गायकद्वय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्। गायकद्वयले मिठो भाकाका साथ बुधबार ढल्की जाला त्यो लाली जोवान बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला त्यो लाली जोवन म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गायक नकुलकै लय रहेको दोहाेरी गायनमा गायकद्वयलाई गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन्। नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी …

पुरा पढ्नुहॊस »

विहे गरिन् रेश्मा घिमिरेले

काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरेले विवाह गरेकी छन् । हिजाे सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विहे गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएकाे हाे । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ तथा केही चलचित्रकर्मीको मात्रै उपस्थिति रहेकाे थियाे । नायिका वर्षा राउत रेश्मालाई विवाहकाे शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा मिल्ने साथी हुन् । रेश्माले अघिल्लाे वर्ष प्रभातसँग इन्गेजमेन्ट …

पुरा पढ्नुहॊस »

नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरमा मेट्स इन्टरनेशनल

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन-४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ। यसका लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक संचालक ब्राण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो। यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन-४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ। नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसँगै जोडिएको हो।

पुरा पढ्नुहॊस »