संचारकर्मी लुईटेललाई ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन’ अवार्ड

एजेन्सी । संचारकर्मी राजेन्द्र लुईटेल भारतमा ‘मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’बाट सम्मानित भएका छन् । मंगलबार उनलाई भारतमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

यो अवार्ड भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिन्छ । डेढ दशक भन्दा लामो समय देखि विभिन्न संचार माध्यममा रहेर काम गर्दै आएका राज विभिन्न अवार्डबाट सम्मानित हुँदै आएका छन् ।

५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहकाबीच आफुलाई उक्त सम्मान प्रदान गरिएको राजले बताए । उनलाई मुम्बई पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजन अभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री