अभिनेत्री करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध उजुरी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै उनले खनालविरुद्ध उजुरी दिएकी हुन् ।

डिल्लीरामले युट्युबको एक भिडिओ अन्तर्वार्तामा करिश्मालाई रवि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए । उक्त आरोपले आफ्नो प्रतिष्ठामा आँच आएको भन्दै करिश्माले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गर्दै करिश्माले उजुरी दिएकी ब्युरोले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस