मनॊरञ्जन

कसौटी जिन्दगी की अभिनेता सिद्धान्तको निधन

काठमाडौं । भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’ लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो । उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए । सिद्धान्त पछिल्लो पटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए । सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः …

पुरा पढ्नुहॊस »

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहद्वारा उच्चमा पुनरावेदन

काठमाडौँ । पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् । उनी हाल साढे दुई वर्ष कैद भुत्तानी गर्ने तनहुँ कारागारमा छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता …

पुरा पढ्नुहॊस »

शिव परियारको ‘छैन है गुनासो’ मा अञ्जना र विक्रमको अभिनय

काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ । सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना, नविन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ । मोडलिङमा आएको छोटो …

पुरा पढ्नुहॊस »

विवाहकाे माैसमसँगै आर्यन र बेनिषाले ल्याए ‘आउन राजा’

काठमाडौँ । मंसिर महिना लाग्ने बित्तिकै हिन्दु धर्म परम्पराअनुसार विवाहको मौसम आएको छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । हामीकहाँ विवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिक संस्कृति अनुसार जीवनको महत्त्वपूर्ण सोह्र संस्कारमध्ये विवाह पनि एक हो । यस संस्कार बिना जीवन अपूर्ण मानिन्छ । हाम्रो मात्रै सभ्यतामा नभएर संसारभरकै …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लाखे’ हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाखे’ आजबाट प्रदर्शनमा आएको छ । ‘लाखे’ लाई सम्राट बस्नेतले निर्देशन गरेका छन् । चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । सुजन प्रजापतिको छायांकन, …

पुरा पढ्नुहॊस »

‘मिसेस नेपाल युनिभर्स’ का लागि खुल्यो आवेदन

काठमाडौं । ‘मिसेस नेपाल युनिभर्स २०७९’ का लागि आवेदन खुला भएको छ । विवाहित महिलाहरूको समग्र शसक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक जिभा इन्कोरपरेटेडले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित …

पुरा पढ्नुहॊस »

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोबीच विवाह

एजेन्सी । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले इन्स्टाग्राममा गोप्य रूपमा विवाह गरेको घोषणा गरेका छन् । मारियाना भेरेला र फाबियोला भ्यालेन्टिना थाइल्याण्डमा २०२० मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा भेटेका थिए । यी दुईले अर्जेन्टिना र पोर्टो रिकोको सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए । दुई सुन्दरीहरू पहिलेदेखि नै सँगसँगै थिए । सोमबार एउटा इन्स्टाग्राम पोस्टमा फेबिनाले स्पेनिस भाषामा लेखेकी छिन्, ‘हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णय गरेपछि हामी तपाइँको लागि …

पुरा पढ्नुहॊस »

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । अभिनेत्री श्वेताले मंगलवार दिउँसो अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार, सर्जरीको माध्यमबाट श्वेताले छोरीलाई जन्म दिएकी हुन् । श्वेता २०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरेकी श्वेता विजयन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट टाढा रहेकी छन् । उनी पछिल्लो पटक …

पुरा पढ्नुहॊस »

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ फागुन १९ प्रदर्शन हुने

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को प्रदर्शन मितिकाे घोषणा भएको छ । निर्माताले आज पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि छन् ।   निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् । फिल्मलाई ६० …

पुरा पढ्नुहॊस »

‘महापुरुष’ को आइतबार बिहानी शो पनि हाउसफुल, दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

काठमाडौं । दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो । यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक …

पुरा पढ्नुहॊस »