selective focus of female hands drawing on paper with watercolor paints and paintbrush

तेस्रो अन्तर्राष्ट्रिय ‘वाटरकलर फेस्टिबलज’ हुँदै

काठमाडौँ । पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तराष्ट्रिय वाटरकलर फेस्टिबल)को सबै तयारी पूरा भएको छ ।

कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा विदेशी ३० सहित झण्डै दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए । नेपाल कला परिषद्मा भोलि महोत्सव उद्घाटन हुनेछ ।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यान्मा, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइएको तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको मकला महोत्सव यही मङ्सिर १६ गतेदेखि २० गतेसम्म चल्नेछ । उद्घाटन पछि परिषद्मा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।

महोत्सवबारे आज पत्रकारलाई जानकारी दिँदै संयोजक गुरुङले कला पारखीलाई भोलिदेखि हुने कार्यक्रममा सहभागिताका लागि अनुरोध पनि गरेका छन् ।

उनले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यस्तको दृष्यावलोकन गराई कला सिर्जना गराइने छ ।

यसखालको कार्यक्रममा नेपाली कलाकारले विदेशको र विदेशका कलाकारले नेपालको कला सिर्जनासम्बन्धी प्रविधि तथा ज्ञान चिन्न र जान्न सकिने समाजका सदस्य डिबी राईले बताए । यसपाली कलाकारलाई सम्मान तथा पुरस्कार कोसमेत व्यवस्था गरिएको छ ।

धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्र जलरङबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पु¥याउन पस्किन पाइने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको समाजका वरिष्ठ उपाध्यक्ष दिराम पापलालीले बताए । यसअघि समाजले महोत्सवकैरुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रहेनन् लोक गायक एलपी जोशी

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ …

प्रतिकृया दिनुहॊस