कमेडियन अपूर्वक्षितिजलाई दोषी करार गर्दै अदालतले तोक्यो १० हजार जरिवाना

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वक्षितिज सिंहलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ। आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई १० हजार जरिवाना गराएको हो ।

उनीमाथि सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो । तर ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले थप सजाय गरेको छैन ।

उनले हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको र जसले–जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै असन्तुष्टि जनाए । उनले कलाकारहरूबाट सहयोगको अपेक्षा राखेको भन्दै यसबारे पूर्णपाठ आउन केही समय लाग्ने भएर आफूहरू पुनरावेदनमा जानेर नजाने भन्ने विषयबारे अनिर्णीत भएको उनले बताए ।

कमेडी क्याफेमा ‘नेवारको परम्परा’ उनले स्ट्यान्डअप कमेडी गरेका थिए । उक्त भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो ।
तर २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो । विरोध र आलोचना भएपछि उनले उक्त भिडिओ हटाएर सार्वजनिक रूपमा माफी मागेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस