‘मेरो देश डुब्यो’ भन्दै शिशिर योगी

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको स्वरमा रहेको गीत ‘मेरो देश डुब्यो’ सार्वजनिक भएको छ । योगीकै शब्द, संगीत/स्वर र बिबी अनुरागीको एरेञ्जर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यस गीतको भिडियोमा परिकल्पना, छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गर्नुभएको हो भने लोकेश भाटले सहसम्पादन गर्नुभएको हो । गीतको भिडियोमा योगी आफैँ देखिनु भएको छ । भिडियो शिशिर योगी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक योगीले थुप्रै गीतहरू गाउनुभएको छ जुन गीतहरू राष्ट्र र राष्ट्रियताका निम्ति समर्पित छन् । उहाँका गीतहरूले जो कोही नेपाली नागरिकका मनमा देशप्रतिको प्रेमभाव जगाउन मद्दत गर्ने गर्दछन् ।

कतिपय गीतहरूले सामाजिक र राष्ट्रिय अवस्थाको यथार्थ चित्रण गरेका छन् । उहाँको स्वरमा ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’, ‘गाउँमा कोही छैन’ जस्ता सयौँ गीत छन् । जुन गीतले देशको समसामयिक विषयलाई व्यंग्य गर्नुका साथै नेपालीमाझ एकताको सन्देश प्रवाह गरेका छन् ।

उहाँको ‘आमा’ बोलका गीतहरूले मातृत्वको महत्व बोध गराउँदछन् । योगीका गीत सुन्दा सुन्दै गहभरी आँसु भरिन्छन् । उहाँका गीतले श्रोताका मन हलुका बनाइदिन्छन् र नयाँ पुस्ताले बिर्सनै लागेको मातृत्व, राष्ट्र र राष्ट्रियताप्रतिको प्रेम, भक्ति र समर्पण भाव पुनः हृदयको अन्तरिम प्रदेशमा कुटकुटले भरिने श्रोताहरू बताउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रहेनन् लोक गायक एलपी जोशी

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ …

प्रतिकृया दिनुहॊस